२२ भदौ २०८३, सोमबार | September 7, 2026

मौलिक तीज भाका ‘हाई मेरो मायालु…’ सार्वजनिक (भिडियोसहित)



बुटवल । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक नारायण वी.पी. परियार र गायिका विष्णु श्रीपालीले नयाँ तीज भाका ‘हाई मेरो मायालु…’ बजारमा ल्याएका छन् ।

पछिल्लो समय तीज गीत झड्किलो र मौलिकतानै मासिने खालको आएका भन्दै आलोचना भैरहेका बेला दर्शक तथा श्रोतालाई फरक स्वाद दिने गरी गीत ल्याएको गायक परियारले दाबी गरे । मौलिक भाका तथा शब्द संकलनसहित तयार पारिएको गीत तथा म्युजिक भिडियोको शुक्रबार एक समारोहका बीच विमोचन गरिएको हो ।

नेपाली मौतिकता र परम्परालाई काम राख्दै शिव हमालको लय तथा शब्दमा रहेका गीतले दर्शक श्रोताको माया पाउने गायक परियारले विश्वास व्यक्त गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष गायक दिपु मगरले गीतको म्युजिक भिडियो विमोचन गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

गीतका लागि सिवा खनाल, कल्पना परियार तथा सोनी सुनारले समेत स्वरमा साथ दिएका छन् । स्मृती मिमिल्सिना ‘गुरुमा’को निर्देशन तथा कोरियोग्राममा तयार पारिएको म्युजिक भिडियोका लागि कलाकार रायन बस्याल र सोनी सुनारको अभिनय रहेको छ । नविन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् । म्युजिक भिडियो गायिका विष्णु श्रीपालीको यूटुव च्यानलमा हेर्न तथा सुन्न सकिन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ०५ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११