२७ भदौ २०८३, शनिबार | September 12, 2026

देव पाटामगर स्मृति पत्रकारिता पुरस्कारबाट गाहा सम्मानित



बुटवल । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित भएका छन् । फोनिज रुपन्देहीले हरेक वर्ष पाटा मगरको स्मृतिका पुरस्कार प्रदान गर्दै आएको छ ।

स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित समारोह बीच गाहालाई गाहालाई ११ हजार १११ रुपैया नगद राशीसहित सम्मान गरिएको थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटीको रुपमा विकास गर्ने गरी अगाडि बढेको बताए । उनले भाषा, संस्कार, संस्कृतिको संरक्षणमा राज्यले लगानी गर्नु पर्ने बताउँदै बुटवल उपमहानगरले बुटवल क्षेत्रमा रहेका जातीय, भाषिक र सांस्कृति संरक्षणको लागि काम गरेको दाबी गरे । उनले बुटवल उपमहानगरले यस वर्ष ३ वटा जातीको भाषा किताव प्रकाश गरेको बताउँदै बाँकी रहेकाको आगामी वर्ष प्रकाशन गर्ने बताए ।

सम्मानित भएका पत्रकार गाहा २ दशक लामो समयदेखि यस पेसामा आवद्ध रहेका छन् । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष समेत रहेका गाहा फोनिजको केन्द्रीय सचिव तथा लुम्बिनीका ईन्चार्ज हुन् । स्वर्गीय पाटा मगर फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुन् ।

कार्यक्रममा बोल्दै फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्षमण पौडेल, प्रेस यूनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, प्रेस सेन्टर रुपन्देही अध्यक्ष विष्णु पोखरेल लगायतले समावेशीताका लागि सञ्चारकर्मीले कलम चलाउनु पर्नेमा जोड दिए । कार्यक्रममा फोनिज स्मारिकाको समेत विमोचन गरिएको छ । फोनिज रुपन्देहीका कोषाध्यक्ष मिन रानाको स्वागत र सचिव राज चौधरीको संचालनमा भएको कार्यक्रमको अध्यक्षता सोनु थापाले गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : २३ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य