२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

बाँकेको खजुरामा विद्युत महसुल नबुझाउने ६९० जनाको लाईन काटियो



खजुरा । नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र अन्तर्गत खजुरा उप वितरण केन्द्रबाट आर्थिक बर्ष ०८०/०८१ मा विद्युत महसुल नबुझाउने ६९० जना ग्राहकको लाईन काटेको छ । खजुरा उप वितरण केन्द्रबाट महसुल नबुझाउने ग्राहकको लाईन काट्दै महसुल असुलीमा तिब्रता दिएको सो केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएपछि भने काटिएका मध्य ६५९ जनाले महसुल बुझाएर बिद्युत सुचारु गराएका छन् ।

लाइन काटेपछि महसुल बुझाउनेहरुबाट १ करोड ५६ लाख ८ हजार ७६२ असुली भएको केन्द्रका प्रमुख हिरामणी घर्ती मगरले जानकारी दिए । आर्थिक बर्ष ०८०/०८१ मा महसुल नतिरेर लाईन काटिएका मध्य ९५.५ प्रतिशत ग्राहकले बाँकी बक्यौता बापतको रकम भुक्तानी गरेको उनले बताए । उनका अनुसार यो असुली अघिल्लो आर्थिक बर्ष ०७९/०८० को तुलनामा दोब्बर हो ।

लाइन काटिएको छ महिना सम्म पनि ग्राहक सम्पर्कमा नआएमा बिद्युतत वितरण बिनियमावली अनुसार त्यस्ता ग्राहकलाई कालो सूचीमा राखिने र कालो सूचमिा राखिएका ग्राहकका तीन पुस्ता सम्मले पनि बिद्युतत उपभोग गर्न नपाउने उपकेन्द्र प्रमुख मगरले बताए । खजुरा उप केन्द्रले हाल सम्म १९ जना महसुल नबुझाएका ग्राहकलाई कालो सूचीमा राखिएको बताउँदै मगरले उनीहरुबाट बक्यौता रकम रु १७ लाख २४ लाख ५४३. ५६ पैसा उठ्न बाँकी रहेको जानकारी दिए ।

मगरका अनुसार कालो सूचीमा राखिएका मध्ये ५ जनाले भने रु ५ लाख २३ हजार ९६१.५० बुझाएर आफुलाई कालो सूचीबाट हटाएका छन् । महसुल नबुझाउनेहरुको लाइन काट्ने कामलाई तिब्र बनाइएको पनि उनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ३७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य