२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

बाँकेको खजुरामा विद्युत महसुल नबुझाउने ६९० जनाको लाईन काटियो



खजुरा । नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र अन्तर्गत खजुरा उप वितरण केन्द्रबाट आर्थिक बर्ष ०८०/०८१ मा विद्युत महसुल नबुझाउने ६९० जना ग्राहकको लाईन काटेको छ । खजुरा उप वितरण केन्द्रबाट महसुल नबुझाउने ग्राहकको लाईन काट्दै महसुल असुलीमा तिब्रता दिएको सो केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएपछि भने काटिएका मध्य ६५९ जनाले महसुल बुझाएर बिद्युत सुचारु गराएका छन् ।

लाइन काटेपछि महसुल बुझाउनेहरुबाट १ करोड ५६ लाख ८ हजार ७६२ असुली भएको केन्द्रका प्रमुख हिरामणी घर्ती मगरले जानकारी दिए । आर्थिक बर्ष ०८०/०८१ मा महसुल नतिरेर लाईन काटिएका मध्य ९५.५ प्रतिशत ग्राहकले बाँकी बक्यौता बापतको रकम भुक्तानी गरेको उनले बताए । उनका अनुसार यो असुली अघिल्लो आर्थिक बर्ष ०७९/०८० को तुलनामा दोब्बर हो ।

लाइन काटिएको छ महिना सम्म पनि ग्राहक सम्पर्कमा नआएमा बिद्युतत वितरण बिनियमावली अनुसार त्यस्ता ग्राहकलाई कालो सूचीमा राखिने र कालो सूचमिा राखिएका ग्राहकका तीन पुस्ता सम्मले पनि बिद्युतत उपभोग गर्न नपाउने उपकेन्द्र प्रमुख मगरले बताए । खजुरा उप केन्द्रले हाल सम्म १९ जना महसुल नबुझाएका ग्राहकलाई कालो सूचीमा राखिएको बताउँदै मगरले उनीहरुबाट बक्यौता रकम रु १७ लाख २४ लाख ५४३. ५६ पैसा उठ्न बाँकी रहेको जानकारी दिए ।

मगरका अनुसार कालो सूचीमा राखिएका मध्ये ५ जनाले भने रु ५ लाख २३ हजार ९६१.५० बुझाएर आफुलाई कालो सूचीबाट हटाएका छन् । महसुल नबुझाउनेहरुको लाइन काट्ने कामलाई तिब्र बनाइएको पनि उनले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ३७ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५