४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको देवदहमा दर खाएका २ दर्जन बढी महिला एकसाथ बिरामी



बुटवल । रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् ।

देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका छन् ।

उनका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ भने ५ जनाको देवदह मेडिकल कलेज तथा अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।

दर खाने कार्यक्रममा ३५ जना सहभागी भएका थिए । उपचारमा संलग्न अनिता मेडिकल हलका डा. छविलाल गिरीका अनुसार उनीहरुमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १० : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको