१५ भदौ २०८३, सोमबार | August 31, 2026

संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छ : अध्यक्ष नेपाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

कृष्ण जन्माष्टमी तथा गौरापर्वका अवसरमा शुभकामना दिँदै उनले मौलिक चाडपर्व र संस्कृतिको संरक्षणबाट समाजलाई एकआपसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा सबै जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएका पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने उल्लेख गरे ।

सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै उनले सामाजिक असमानताको अन्त्य गरी पारस्पारिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनाले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरापर्वले विविधतायुक्त नेपाली समाजलाई सामाजिक एवं सांस्कृतिक रूपमा एकता र सहिष्णुताको भावनालाई विकास गर्ने विचार व्यक्त गर्दै सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्ध्न गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ११ : १४ बजे

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास