२२ भदौ २०८३, सोमबार | September 8, 2026

कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  कडाइका साथ  राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न  निर्देशन दिएका हुन् । उनले रु १५ खर्बसम्म राजश्व संकलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार संकलन हुन के के गर्नुपर्छ ? त्यस्को ठोस योजना ल्याउन आग्रह गरे ।

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास  सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी थिए ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ७ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार