२९ असार २०८३, सोमबार | July 13, 2026

बागमती प्रदेश : राजस्व सङ्कलन घट्यो



बागमती । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सो आवमा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु छ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् रु पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत आव २०८०/८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । उक्त शीर्षकमा रु सात अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा रु छ अर्ब ११ करोड ५७ लाख ३८ हजार राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले बताए ।

यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु सात अर्ब ७९ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकामा रु छ अर्ब ७५ करोड ३७ लाख सङ्कलन भएको छभने अन्तःशुल्क करबापत रु तीन अर्ब ३४ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएकामा रु दुई अर्ब ३२ लाख १२ हजारमात्र प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु आठ अर्ब एक करोड ३५ लाख प्राप्त हुने अनुमान गरिएकामा रु पाँच अर्ब ९३ करोड ८८ लाखमात्र प्राप्त भएको प्रमुख उपाध्यायले बताए ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ७ : ४८ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान