१ चैत्र २०८२, आइतबार | March 16, 2026

नेपालगन्ज दुग्ध वितरण आयोजनालाई तत्काल दुधको भुक्तानी दिन मुख्यमन्त्रीको निर्देशन



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगन्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिएका हुन् ।

‘किसानले दुधको भुक्तानी नपाउदा समस्या परेको छ । म सम्म पनि किसानको कुरा आईपुगेको छ । दुधको भुक्तानी रोकिदा चौतर्फी असर परेको छ । छिटो भुक्तानी गर्नुहोस’उनले भने, ‘किसानको भुक्तानी रोकेर राख्न हुदैन । म संघीय सरकार संग पनि यस बारेमा पहल गर्छु ।’

आयोजनाबाट गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थमन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

लुम्बनी प्रदेशको ग्रामिण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई प्रबद्र्धन गर्नेगरी प्रदेश सरकारले समेत योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे । भेटमा नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरी दुधमा आत्मनिर्भताको लागि नेपालगंज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरेका छन् । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् ।

दुध उत्पादन बढ्दै गएपनि बजारीकरणको समस्या किसानले भोग्नु परेको छ । असोज महिनादेखि चैत सम्म दैनिक आठ हजार लिटर दुध संकन हुने गरेको छ । असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन, चैत महिनामा दुध उत्पादन बढेपनि बजारीकरण गर्न समस्या हुदा मिल्क होलिडेको मारमा किसान छन् । तर, बैशाख देखी भदौ महिना सम्म दुध संकलन भने ह्वात्तै घट्ने हुदा दुधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ ।

बैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक दुई हजार लिटर मात्रै दुध संकलन हुदा बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दुध संकलन हुदै आएको छ । यस्तै सुर्खेतको छिन्चु दुध चिस्या केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुदै आएको हो । एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध विक्रिवितरण गर्दै आएका छन् । उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दुध प्रसोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दुध संकलन हुदै आएको आयोजना कार्यालयले जनाएको छ । दुधको सहज बजारीकरणको लागी पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ३ : १९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन