२९ मंसिर २०८२, सोमबार | December 16, 2025

ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध



काठमाडौँ । ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले एक्समाथि देशभर प्रतिबन्ध लगाउन आदेश दिएपछि सरकारले सो आदेशको पालना गरेको बताइएको छ ।

यस अघि सर्वोच्चले एक्सलाई ब्राजिलमा आफ्नो स्थानीय प्रतिनिधि राख्न आदेश दिएपछि एक्सका मालिन एलन मक्सले अगस्त १७ मा ब्राजिलको आफ्नो कार्यालयनै बन्द गरिदिएका थिए ।

ब्राजिलको सर्वोच्च अदालत र एक्सको बीचमा पछिल्ला महिनाहरूदेखि नै विवाद बढ्दै आएको थियो । अदालतले यसअघि पनि ब्राजिलका केहि एक्स एकाउन्टहरुलाई प्रतिबन्ध लगाउन आदेश दिएपनि एक्सले वाक स्वतन्त्रताको हवाला दिदै अस्वीकार गरको थियो ।

सर्वोच्चले एक्सको कानुनी विवादमा गरेका जरिवाना नतिरेपछि गत विहिबार मस्कको अर्को कम्पनि स्टारलिंकको बैंक खाता रोक्का गरेको थियो । ब्राजिलमा इन्टरनेट कनेक्सन उपलब्ध गराउने कम्पनि स्टारलिंकका साढे २ लाखभन्दा बढी ग्राहक रहेको बताइएको छ । सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने हुनाले कुनै तार कनेक्सन बिनानै स्टारलिंकले विश्वका सय भन्दा बढी देशमा इन्टरनेट उपलब्ध गराउदै आएको छ ।

स्टारलिंकले सामाजिक सञ्जाल एक्सको प्रकरणसँग आफ्नो कुनै सरोकार नभएको अदालतमा जिकिर गरेपनि मालिक एकै भएको भन्दै सर्वोच्चले स्टारलिंकको खाता रोक्का गरेको थियो ।

मस्कले सर्वोच्चको आदेशपछि ब्राजिलमा स्टारलिंकको इन्टरनेट नि:शुल्क उपलब्ध हुने बताएका छन् । बैंक खाता रोक्का गरिएकोले शुल्क उठाउन नमिलेको भन्दै उनले दुर्गम क्षेत्रका विद्यालय, अस्पतालहरु स्टारलिंकको इन्टरनेटमा भरपरिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ७ : ३८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको