९ पुस २०८२, बुधबार | December 25, 2025

महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन



काठमाडौँ । डा. मुकुन्द ढकालले आफुमाथि गरिएको कारवाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पुनरावेदनको निवेदन दिएका छन् ।

ढकालले आफुलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् ।

उनले आफुलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सोसम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् ।

उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफुमाथि कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन् ।

उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगि, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफुले सो को विरोध गरेको निवेदनमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १२ : १५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना