३ पुस २०८२, बिहिबार | December 18, 2025

फोर सिजन बार एण्ड रिसोर्ट देवदहको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न



देवदह । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा रुपन्देहीको देवदहमा-८ पाकडीमा रहेको फोर सिजन बार एण्ड रिसोर्टले आयोजनामा गरेको तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नम्बर ८ पाकडीमा रहेको रिसोर्टले तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका उपप्रमुख कार्यक्रमका प्रमुख अतिथि विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई नमुना पालिका बनाउन लागिरहेको बताउँदै सहकार्यका लागि आग्रह गरिन । तीज मनाउने बहानामा पछिल्लो समय विकृति भित्रीएको भन्दै सभ्य र विकृति रहित ढंगबाट संस्कृतिको जगेर्ना हुनेगरी पर्व मनाउन उपप्रमुख गुरुङले आग्रह गरेकी थिइन ।

उपप्रमुख गुरुङले रिसोर्टले नगरभित्र रहेर जागिर गर्ने तथा सफल व्यावसाय गर्ने र समाजसेवी महिलाहरुका लागि तीज मिलन कार्यक्रम आयोजना गरेर नौलो काम गरेकोमा रिसोर्टलाई धन्यवाद दिएकी थिइन ।

रिसोर्टले देवदह नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संघ सस्थाका जागिर गर्ने त्यस्तै नगरपालिका भित्र सफल व्यावसायी गर्ने र समाजसेवी ५० जना महिलाहरुलाई दर खुवाएको रिसोर्टका संचालक द्वय बादल पाण्डेय र घनश्याम पाण्डेयले जानकारी दिए ।

रिसोर्टका संचालक बादल पाण्डेयको अध्यक्षता र बिनिता श्रीसको संचालनमा तीज मिलन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ५ : ३५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका