२७ भदौ २०८३, शनिबार | September 12, 2026

फोर सिजन बार एण्ड रिसोर्ट देवदहको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न



देवदह । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा रुपन्देहीको देवदहमा-८ पाकडीमा रहेको फोर सिजन बार एण्ड रिसोर्टले आयोजनामा गरेको तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नम्बर ८ पाकडीमा रहेको रिसोर्टले तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका उपप्रमुख कार्यक्रमका प्रमुख अतिथि विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई नमुना पालिका बनाउन लागिरहेको बताउँदै सहकार्यका लागि आग्रह गरिन । तीज मनाउने बहानामा पछिल्लो समय विकृति भित्रीएको भन्दै सभ्य र विकृति रहित ढंगबाट संस्कृतिको जगेर्ना हुनेगरी पर्व मनाउन उपप्रमुख गुरुङले आग्रह गरेकी थिइन ।

उपप्रमुख गुरुङले रिसोर्टले नगरभित्र रहेर जागिर गर्ने तथा सफल व्यावसाय गर्ने र समाजसेवी महिलाहरुका लागि तीज मिलन कार्यक्रम आयोजना गरेर नौलो काम गरेकोमा रिसोर्टलाई धन्यवाद दिएकी थिइन ।

रिसोर्टले देवदह नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संघ सस्थाका जागिर गर्ने त्यस्तै नगरपालिका भित्र सफल व्यावसायी गर्ने र समाजसेवी ५० जना महिलाहरुलाई दर खुवाएको रिसोर्टका संचालक द्वय बादल पाण्डेय र घनश्याम पाण्डेयले जानकारी दिए ।

रिसोर्टका संचालक बादल पाण्डेयको अध्यक्षता र बिनिता श्रीसको संचालनमा तीज मिलन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ५ : ३५ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी