२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

माओवादीको लुम्बिनी परामर्श बैठक सम्पन्न : प्रत्येक पार्टी सदस्यको अभिलेख राख्न प्रचण्डको निर्देशन



नेपालगन्ज। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आज सम्पन्न भएको छ । बैठकको दोस्रो दिन आज प्रदेश कमिटी तथा केन्द्रीय पदाधिकारीहरुले आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा २५ जना केन्द्रीय नेता तथा प्रदेश पदाधिकारीहरुले आ आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी बिधि र पद्दतीमा संचालन नहुँदा संगठन कमजोर भएको निश्कर्ष सहित पार्टीको संगठनलाई चुस्त र बिधि सम्मत बनाउन नेतृत्वलाई सुझाव दिएका थिए । पार्टीका हरेक कमिटीहरु निर्वाचन पद्दतीबाट आउनु पर्ने धारणा राख्दै वक्ताहरुले जनताको आधारभूत वर्ग सम्म पुग्ने गरि कार्यक्रम बनाउन नेताहरुलाई सुझाव दिएका थिए ।

बैठकको समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले पार्टीको पहुँचलाई गाउँ गाउँसम्म पुर्याउन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीको संगठनलाई ब्यवस्थित बनाउन निर्देशन दिँदै पार्टीका प्रत्यक सदस्यहरुको अभिलेख राख्न नेताहरुलाई निर्देश गरे । ‘पार्टीमा कति सक्रिय छन्, कति व्यवसायी छन्, कति बैदेशिक रोजगारीमा छन् र कतिले के कस्तो ब्यवसाय गरेका छन् सबैको अभिलेख पार्टीमा हुनुपर्दछ ।’ प्रचण्डको भनाई उदृढ गर्दै बैठकमा सहभागी एक नेताले बताए ।

उनले संघ र प्रदेश सरकारको जिम्मेवारपूर्ण प्रतिपक्षकारुपमा आलोचना गर्न र माओवादीले नेतृत्व गरेको स्थानीय तहमा सेवाको गतिलाई बढाएर जनताको विश्वास जित्ने गरि काम गर्न प्रदेशमा खटिएका नेताहरुलाई आग्रह गरे । सघं र प्रदेशसमा सरकारले गर्ने कमजोरी र गल्तीहरुको शान्तिपूर्ण तरीकाबाट भण्डाफोर गर्न र माओवादीले नेतृत्व गरेको स्थानीयतहमा स्वमुल्यांकनमा उच्च अंक आउने गरि काम गर्न अध्यक्षबाट निर्देशन भएको ती नेताले बताए ।

२ दिन सम्म चलेको बैठकमा सहभागी सबै नेताहरु नेपालगन्ज स्थित बिभिन्न पार्टी समर्थकको घरमा बास बसेका थिए । अध्यक्ष प्रचण्ड भने नेपाल राष्ट्र बैंकको अतिथि गृहमा बसेका थिए । नेपालगन्ज बस्ने क्रममा प्रचण्डले नेपालगन्ज रङ्गशालाको र नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसिपी) नेपालगन्जको अवलोकन गरेका थिए ।

माओवादीले हाल सम्म लुम्बिनी सहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न गरेको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय समितिले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ५ : ४६ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म