७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

माओवादीको लुम्बिनी परामर्श बैठक : ‘अध्यक्ष बढी उदार भएका कारण गलत तत्वले फाईदा उठाए’



नेपालगन्ज। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठकमा आज लुम्बिनी प्रदेशका ५१ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा प्रस्तुत गरेका छन् । आजको बैठकमा बोल्ने वक्ताहरुले पार्टी निर्माणको आधार बन्दै गएको तर नेताहरुले जनतासँगको सम्बन्ध छाड्दा समस्या आएको बताएका थिए ।

बक्ताहरुले हेडक्वाटर धेरै उदार भएका कारण पार्टी भित्र गलत प्रबृत्तिका ब्यक्तिहरुले फाईदा लिने गरेको टिप्पणी गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार बैठकमा आज बोल्ने वक्ताहरुले नेतृत्वले तल्ला कमिटीसँग समन्वय नगरेको, जनतासँगको सम्बन्धको दुरी बढाएको, पार्टीको एजेण्डा जनतासम्म पुर्याउन नसकेको समिक्षा गरेका थिए ।

कार्यकर्ताहरुको गलत रिपोर्टीङ र आन्तरिक समिक्षाको अभावमा पार्टी कमजोर हुँदै गएको टिप्पणी गर्दै वक्ताहरुले पार्टी निर्माणमा एक पटक अन्तिम धक्का लगाउन जरुरी भएको आवश्यकता औंल्याएका थिए । सहभागी नेताहरुले जनयुद्धमा जस्तै प्रचण्डबाट आइसब्रेक आवश्यक रहेको भन्दै प्रचण्डको २ सय वर्ष आवश्यक रहेको समेत बताएका थिए ।

नेताहरुले पार्टीलाई बिधि र पद्दतीमा हिँडाउन आवश्यक रहेको औंल्याउँदै आन्तरिक संगठन पनि निर्वाचित भएर जाने बिधि अपनाउन सुझाव दिएका थिए ।

बैठकको प्रारम्भ गर्दै अध्यक्ष प्रचण्डले पार्टी निर्माणका गर्नुपर्ने कार्य र पार्टी निर्काणका क्रममा भएका कमजोरीहरु खुलस्त बताउन नेताहरुलाई आग्रह गरेका थिए ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत आज लुम्बिनी प्रदेश अन्तर्गतको परामर्श बैठक गरिएको हो।

जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय समितिले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

नेताहरुको बास कार्यकर्ताको घरघरमा
यसअघि कार्यक्रमहरुमा आउँदा होटलमा बस्ने गरेका माओवादी नेताहरु यस पटक भने कार्यकर्ताको घरघरमा बसेका छन् । अध्यक्ष प्रचण्ड नेपाल राष्ट्र बैंकको गेष्टहाउसमा छन् भने अन्य नेताहरु नेपालगन्ज स्थित पार्टी निकट उद्योगी, ब्यवसायी र स्थानीय कमिटीका कार्यकर्ताको घरघरमा बसेका छन् ।

कार्यकर्ताको घरमा बस्दा उनीहरु मार्फत पार्टीको अवस्था बारे सहि सुचना आउने र कार्यकर्ताहरुमा पनि उत्साह थपिने भएकाले पार्टीले होटलमा नबसी कार्यकर्ताको घरमा बस्ने निर्णय गरेको माओवादी स्थायी कमिटी सदस्य पूर्ण कुमारी सुबेदीले बताइन् ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १० : १६ बजे

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका