१२ पुस २०८२, शनिबार | December 27, 2025

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार शुरु भएको बैठकमा आज पोलिटब्युरो सदस्यहरुले आ-आफ्ना धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ ।

मंगलबार बसेको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले पेस गरेको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजनामाथि आज सदस्यहरुले धारणा राख्नेछन् । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

एमालेले संगठित सदस्यको संख्या १० लाख पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ । हिजोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालमा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताए । उनले निर्वाचनमा एक्लै लडेपनि नतिजाका आधारमा सरकार बनाउन तालमेल भने गर्न सकिने उल्लेख गरे ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ८ : ३९ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि