१४ पुस २०८२, सोमबार | December 29, 2025

निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ : मुख्यसचिव अर्याल



काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।

मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए ।

अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए । समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकुल औद्योगिक वातावरण निर्माणका लागि प्रकृयालाई सरलिकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए । पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै कानुन सुधार गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्ने बताए ।

परिसंघका उपाध्यक्षद्वय वीरेन्द्र राज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा। घनश्याम ओझालगायतले बधाई तथा शुभकामना दिए ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ८ : २१ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र