२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न



जलेश्वर । महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व आज राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अघ्र्य अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ ।

प्रत्येक घरका ज्येष्ठ महिलाले आज दिनभरि निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका छन् । यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खीर खाने चलन रहेको छ । यस पर्वका लागि तराई मधेसका सम्पूर्ण घर–घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुई÷तीन दिनपहिले देखि नै जोहो गरेर राखिएको थियो भने आज घरका महिलाले दिनभरि घरघरमा पुरी, खीरलगायत वस्तुहरु पकाएर चन्द्रमा भगवान्लाई चढाउँदै पर्व सम्पन्न गरेका छन् ।

शुक्रबार साँझ पर्नासाथ घरका सबै सदस्य चन्द्रमा उदाउने प्रतीक्षामा व्यग्र भएर बसिरहेका थिए । चन्द्रमा उदाउनासाथ घरका महिलाले आँगनमा लिपपोत गरेर विभिन्न रङ्गोली बनाएर ल्याएका सबै सामग्री राखेर पूजाआजा गरेका छन् ।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फल लिएर चन्द्रमालाई ढोग्ने र विभिन्न वर माग्ने गर्दछन् । त्यसपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ । यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय छ ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ६ : ५५ बजे

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०