३१ असार २०८३, बुधबार | July 16, 2026

सर्वोच्चको नयाँ मापदण्ड बारेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ : सांसद पन्त



काठमाडौं । नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाले जनतालाई असर गरेको बताउदै पुनरावलोकनमा जानुपर्ने बताएका हुन् ।

सांसद पन्तले सर्वोच्चको उक्त फैसलाविरुद्ध सरकार पुनरावलोकन नजाने हो भने जनताको सम्पत्तिमाथिको हक हनन हुने बताउदै उनले भने,  ‘जनताको मनस्थिति, मनोभावना र उनीहरुलाई परेको अन्यायलाई ध्यानमा राख्दै सरकार तुरुन्तै पुनरावलोकनमा जाओस् । सर्वोच्च अदालतलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– उपत्यका जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुन्छ भन्ने अपेक्षा गरेका छन् ।’

उनले कहिलेकाही न्यायाधीशहरु कानुनी व्यवस्थामा बाधिनुपर्ने अवस्था आउने भएपनि कुनै विषयमा व्यवहारिक रुपमा न्यायाधीशले हेर्नुपर्ने बताए । उनले यस मुद्धामा सर्वोच्चले व्यवहारिक पक्ष हेर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  २ : ५६ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही