२८ मंसिर २०८२, आइतबार | December 15, 2025

उपसभामुख रानालाई राजीनामा दिन कांग्रेसको आग्रह



काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानाले पदीय दुरुपयोग गरेको निस्कर्ष निकाल्दै मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

उपसभामुखले अर्को देशको राजदूतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गरेको कांग्रेसको निष्कर्ष रहेको छ । उपसभामुखको कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको कांग्रेसले ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले रानाले संसदीय प्रक्रिया सुरु हुनुअघि आफैँले राजीनामा दिनुपर्ने जनाउँदै यसबारे साझा धारणा बनाउन सत्तारुढ दलहरुको बैठक बस्ने बताए ।

त्यस्तै बैठकले पार्टी उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा छानबिन हुनुपर्ने धारणा बनाएको छ ।

कांग्रेसले उपसभापति गुरुङको डिभोर्सको विषय निजी भएको तर सहकारी ठगि प्रकरणमा नाम जोडिएपछि त्यसको छानबिन हुनुपर्ने निष्कर्ष निकालेको घिमिरेले बताए । उनले भने,  ‘डिभोर्स कानु्नी रुपमा २०७६ सालमा भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर संसदमा उठाउनु त्यो संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा छ, तर सहकारीको विषयमा भने गुरूङमाथि छानबिन हुनसक्छ ।’

धनराज र उनकी श्रीमती ज्योतिमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १ : ०६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर