२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सभामुखले बोलाएको बैठक निस्कर्षबिहीन, माओवादीले सदन अवरोध गर्ने



काठमाडौँ । संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल विना निस्कर्ष सकिएको छ ।

यससँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्‌मा अवरोध कायम राख्नेभएको छ ।

संसद बैठकमा जनयुद्धलाई एमालेका सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेपछि सुरु भएको विवादमा सभामुखको निर्णयलाई माओवादीले अस्वीकार गरेको थियो । एमाले सांसदले नियतबस जनयुद्धलाई हिंसा शब्द प्रयोग गरेर संविधानले गरेको व्याख्याको अपमान गरेको जिकिर गरेको थियो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ ।’

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १ : २० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ