६ पुस २०८२, आइतबार | December 21, 2025

बारामा बस दुर्घटना, एक जनाको मृत्यु, ४२ जना घाईते



रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ४२ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका-५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । काँकडभिट्टाबाट दाङको लागि गएराति १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि।टी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।

प्रसुती गृहमा उपचाररत मध्ये  छ जना र सि।टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय निजगढका ईन्सपेक्टर सुमित कुश्वाहाले बताएका छन् । उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  २ : २४ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक