६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेशसभामा पेश भयो निजामती सेवा ऐन संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक



दाङ । लुम्बिनी प्रदेश सभामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ । प्रदेश सभाको चौथो अधिवेसनको ३४ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरेकी हुन ।

आजै पाँच बजे बस्ने ३५ औं बैठकमा संसोधन विधेयक पारित गर्ने तयारी छ । बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेश गरेका छन ।

सभाले यो प्रतिवेदनलाई अध्ययनका लागी प्रदेश मामिला तथा कानुन समितिमा पठाएको सभामुख तुलाराम घर्ती मगरले सभा समक्ष जानकारी दिए । बैठकमा स्वास्थ्य मन्त्री खेम बहादुर शारु र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले अघिल्ला बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका छन । सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा धारणा राख्दै जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ४ : ४८ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना