२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित वात्सल्यदेवी उच्च मा.वि. मा सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरु क्रमश: दिवस बाँनिया, प्रियान्स आचाय, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिबार विहान करिब ६: ३० बजे उक्त स्थानबाट अन्यन्त्र तर्फ लाग्ने क्रममा पहिरोमा परेको जानकारी दिएको छ ।

बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन् ।

एन्फाले यस प्राकृतिक विपत्तिका क्रममा दुर्घटनामा परि सम्पर्क विहिन भएका खेलाडीहरुको खोजी कार्य जारी रहेको र उक्त स्थानमा रहेका अन्य खेलाडीहरु हाल सुरक्षित स्थानमा राखिएको जानकारी गराएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ०१ बजे

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले

कन्ट्रोल रुमबाट गृहमन्त्रीले निर्वाचनको ‘मनिटरिङ’ गर्दै

काठमाडौं । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण