२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सरकारको निर्णय : विपदमा परेका घाइतेको नि:शुल्क उपचार, अवरुद्ध सडक अबिलम्ब खोल्ने



काठमाडौं । सरकारले भारी वर्षाको कारण विपद्‍मा परेर घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले घाइतेहरुको शीघ्र र निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै, मृतकका परिवारलाई राहत दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले बाढीपहिरोका कारण अवरुद्ध भएका सडकहरू अविलम्बन खोल्न भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने निर्णय गरेको गरेको छ ।
अहिले क्षतिको मूल्यांकन भैरहेको भन्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ‘उद्धारको लागि सरकारको सबै संयन्त्रले काम गरिरहेको छ । राहत र उद्धारको लागि लाग्न हामीले सम्बन्धित सबै मन्त्रालयलाई भनेका छौँ । हामीले क्षतिको मूल्यांकन गरेका छौँ । सरकारले क्षतिपूर्ति दिन्छ ।’

बैठकले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा केही समय स्थगन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : १६ बजे

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी