१४ चैत्र २०८२, शनिबार | March 29, 2026

शिगेरु जापानको नयाँ प्रधानमन्त्री चयन



काठमाडौँ ।  शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् ।

संसदको दुवै सदनमा एलडिपीको बहुमत भएकाले शिगेरु सजिलै प्रधानमन्त्रीमा चयन भएको जापानी मिडिया एनएचके न्युजले उल्लेख गरेको छ ।

६७ बर्षिय शिगेरु जापानको १०२औ प्रधानमन्त्री बनेका छन् ।

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरुले बताएका छन् ।

जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ३९ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको