६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

जापानका प्रधानमन्त्री शनिबार भारत आउने



नयाँ दिल्ली । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आएने भएका छन ।

दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनु हुने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले १४ औँ भारत-जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन ।

उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्नेछन ।

हरेक बर्ष आयोजना गरिने भारत-जापान बार्षिक सम्मेलनको १४ औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको बार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।

अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए ।

भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुँदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ३६ बजे

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौं । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६