९ भदौ २०८३, मंगलबार | August 25, 2026

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले विपी राजमार्गको १२ किमी सडक पुर्णरुपमा बगेको जानकारी दिएको छ । मन्त्रालयले अहिले दुवै तर्फको पहिरो सफा गर्ने काम गरिरहेको र रोशी नदीको पानीको बहावलाई मध्यनजर गरेर सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरि अस्थायी रुपमा यातायात संचालन गर्ने जानकारी दिएको छ ।

त्यसैगरी पुष्पलाल राजमार्गको ८० किलोमिटर खण्डमा धेरै ठाउमा पहिरो गरेर सडक समेत बगाएको अवस्था रहेकोले सडक मर्मत गरेर बर्दिबासबाट विपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदै काठमाडौँ प्रवेश गराउने मन्त्रालयले बताएको छ ।

त्यस्तै कान्ति राजपथको १३ किमी सडक अवरुद्ध रहेकोमा मकवानपुर र ललितपुर दुवै तर्फ पहिरो सफा गर्ने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मेची राजमार्गको रमिते(फिदिम खण्डको हेवा पुलसहित ८ किलोमिटर सडक अवरुद्ध भएको जानकारी दिदै मन्त्रालयले रमिते डाँडाको पहिरो हटाउने काम गरिरहेको जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जानकारी दिदै ७७४ स्थानको पहिरो हटाइएको जानकारी दिएको छ ।

मन्त्रालयले बाढी पहिरोले सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ४ : १४ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३