२४ माघ २०८२, शनिबार | February 7, 2026

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम कार्ड सेवा



काठमाडौ । माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम कार्डको सुविधा संचालनमा ल्याएको छ ।

यस एम कार्ड सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।

साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । एम कार्ड सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने छ ।

बैंकले हाल यो एम कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरुको बैकिङ्ग अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको छ ।

एम कार्ड सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि https://www.machbank.com/online-services लिंकमा जानुहोस् र आफ्नो कम्प्यूटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बीर अपलोड गरि सहजरुपले कार्ड पर्सनलाइज्ड गरि आफुले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत प्राप्त सकिनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ३५ बजे

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार