२१ माघ २०८२, बुधबार | February 5, 2026

तीजमा महिलालाई साडी दसैंमा बिपन्नलाई मासु चिउरा : भरतपुर-१२ का वडा अध्यक्षको कर्म



चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा खुवाएका छन् । उनले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गरेका हुन् । उनले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्न भनेका थिए ।

“वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।” उनले भने ।

वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका छन् । त्यहाँ सङ्कलित रकमले पनि उनले विपन्नका लागि सहयोग गर्ने गरेका छन् ।

गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गरेका थिए । उनले भने, “तीजमा रु तीन लाख खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु । ”

तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ । उनले भने, “गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।”

गत भदौ १५ गते उनले आफ्नो जन्मदिनमा रु १८ लाख ६० हजार बराबरको दान गरेका थिए । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गरे । उनले भने, “जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन ।”

जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उनीसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि रु एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उनले जानकारी दिइ । उनले स्थानीय हिमालय स्कुलमा रु २२ लाख, रोटरी करुणालय देवघाटमा रु १५ लाख, गणेशधाम संरक्षणमा रु १५ लाख सहयोग गरेका छन् । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आएका छन् ।

उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्छन् । वर्षमा रु पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिए ।

बाग्लुङ नगरपालिका–७ मा जन्मिएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन् । उनले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन् । उनले भने, “दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।”

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १ : १८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता