१५ भदौ २०८३, सोमबार | August 31, 2026

भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा



चितवन । भरतपुर महानगरपालिकाले दुई स्थानबाट दमकल सेवा सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाको कार्यालय र पश्चिम चितवनको गुञ्जनगरमा दमकल राखेर सेवा दिने गरिएको छ ।

महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार यी दुई ठाउँबाट चितवन जिल्लाभरि नै र छिमेकी जिल्लामा समेत सेवा दिने गरिएको छ । उनका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा चितवन र नवलपुरमा गरेर १३३ आगलागीका घटना भएका थिए । महानगर कार्यालयमा रहेको दमकलले ९७ र गुञ्जनगरमा रहेको दमकलले ३६ ठाउँको आगो निभाएको थियो । कतिपय ठाउँमा आगो निभाउन दुवै दमकल प्रयोग गरिएका छन् ।

महानगरपालिकाको कार्यालयमा दुई र गुञ्जनगरमा एउटा दमकल रहेको छ । महानगरपालिकाको विपद् व्यवस्थापन शाखाप्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्धार, राहत तथा व्यवस्थापन कार्यसम्बन्धी सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासमार्फत नागरिकलाई सचेत बनाइएको बताए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ३१ बजे

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक

भोटेकोशी बाढी : तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

त्रिशूली । भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको