११ माघ २०८२, आइतबार | January 25, 2026

नेपालगन्ज हुँदै नेपाल भित्रिएको ८५ हजार केजी गुणस्तरहिन चामल भारत फिर्ता



नेपालगन्ज । चाडवाडको मौका छोपी नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका लागि भारतवाट पैठारी गरी भन्सार नाकामा ल्याइएको गुणस्तरहिन चामल भारतमै फिर्ता गरिएको छ ।

चाडबाडको मौका छोपेर स्थानीय ब्यवसायीले नेपालगन्ज नाका हुँदै भित्राएको ८५ हजार केजी चामल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले परिक्षण गर्दा नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले भारत तर्फ नै फिर्ता गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण बिभागले जनाएको छ ।

विभागले आयात गर्न नमिल्ने भन्दै नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोमा उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको व्यहोरा भन्सार कार्यालयले जनाएको विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुले काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गट्टाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका प्रयोगशालाहरुबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रुपमा गर्दै आईरहेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयवाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयवाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सो बमोजिम नगरेमा ऐन बमोजिम कारवाही हुने समेत विज्ञप्ति मार्फत विभागले खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराएको छ । विभागको विज्ञप्तिमा गुणस्तरहिन चामल पैठारी गर्ने ब्यापारीको नाम भने उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १ : ०० बजे

‘पब्लिक डिबेट’का लागि तयार छु : एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

राष्ट्रियसभा सदस्य निर्वाचनको लागी आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

निर्वाचन आउन ३९ दिन बाँकी : उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास