३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मिक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।

बर्सातको तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ । लुम्बिनीमा विगत ८ वर्षदेखि स्थानीय समुदायका तर्फबाट वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउँदै आइएको छ ।

बौद्ध महिला समितिको व्यवस्थापनमा भएको वर्षाबास अवधिभर दैनिक धर्मदेशना, पूजालगायत विभिन्न धार्मिक गतिविधिहरु सञ्चालन गरिएको थियो । राजकीय बुद्ध विहारका संरक्षक भिक्षु धम्मले भगवान् बुद्धले सबै प्राणीजगत्को कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमाको ९० दिनसम्म बुद्धजन्मस्थल लुम्बिनीमा वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए ।

उनले आफूहरुले विगत ८ वर्षदेखि स्थानीयहरुलाई बुद्धको उपदेशसँग जोडेर वर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताए । भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीयस्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रमहरु बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, संयोजक मिरा सापकोटा गौतम, सहसंयोजक सिर्जना पँगेनी लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

असार पूर्णिमादेखि सुरु भएको आठौँ चरणको वर्षाबासको चिवरदान कार्यक्रम भने कात्तिक ४ गते हुनेछ । राजकीय बुद्ध विहारमा हालसम्म आठजना संयोजक भएर वर्षाबास तथा धर्मिक अनुष्ठान कार्यक्रम सम्पन्न गरिएको छ । विसं २०७४ मा टीका कटेल, विसं २०७५ मा विष्णुकुमारी बस्याल, विसं २०७६ मा राजकुमारी गुरुङ (गुरुआमा), विसं २०७७ मा मञ्जु ढकाल, विसं २०७८ मा राधिका न्यौपाने, विसं २०७९ मा माया भुसाल, विसं २०८० मा माया गुरुङ र विसं २०८१ मा मिरा सापकोटा गौतमले संयोजकको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : ०९ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर