८ पुस २०८२, मंगलबार | December 23, 2025

बार अध्यक्षसँग सात दिनभित्र लिखित जवाफ माग



काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै म्याद सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखितजवाफ पेस गर्नु ।”

नेपाल बार एशोसिएशनका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी घिमिरले अदालतको अवहेलनासम्बन्धी पेश गरेको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका थिए । तर आज उक्त प्रतिवेदनमाथि सुनुवाइ हुँदै उक्त आदेश जारी भएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ८ : ३८ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक