१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वडिआईजी जोशीलाई बुटवल ल्याइयो



बुटवल । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट रुपन्देही ल्याइएको छ । सहकारी ठगी सम्बन्धमा बयानका लागि जोशीलाई रुपन्देही ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार दिउँसो रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको आधारमा पक्राउ परेका जोशी ६ असोज देखि प्रहरी हिरासतमा छन् । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए । रुपन्देहीमा बयान सकिएलगत्तै जोशीलाई पोखरा फर्काइने बताइएको छ ।

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक जोशीको बुटवलको सुप्रिम सहकारी अपचलन प्रकरणमा पनि संलग्न रहेको संसदीय समितिको सिफारिस बमोजिम बयानका लागि रुपन्देहीको बुटवल पठाईएको हो । उनलाई अहिले बुटवल स्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । जोशीलाई बुटवल ल्याए लगत्तै सरकारी वकिल कार्यालयमा हाजिर गराएको थियो । उनको सरकारी वकील कार्यालयमा बयान लिने कार्य हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले बताए । उनको बयान आज नसकिएकाले आज बुटवलको प्रहरी हिरासतमा राखेर बयान सकिएपछि पोखरा पठाइने उनले जानकारी दिए ।

उनीमाथि पनि विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप लागेको छ ।

सुुप्रिमको मुद्दा यसअघि नै अदालत पुगिसेकेको छ । सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ३८ बजे

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले