४ पुस २०८२, शुक्रबार | December 20, 2025

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वडिआईजी जोशीलाई बुटवल ल्याइयो



बुटवल । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट रुपन्देही ल्याइएको छ । सहकारी ठगी सम्बन्धमा बयानका लागि जोशीलाई रुपन्देही ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार दिउँसो रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको आधारमा पक्राउ परेका जोशी ६ असोज देखि प्रहरी हिरासतमा छन् । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए । रुपन्देहीमा बयान सकिएलगत्तै जोशीलाई पोखरा फर्काइने बताइएको छ ।

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक जोशीको बुटवलको सुप्रिम सहकारी अपचलन प्रकरणमा पनि संलग्न रहेको संसदीय समितिको सिफारिस बमोजिम बयानका लागि रुपन्देहीको बुटवल पठाईएको हो । उनलाई अहिले बुटवल स्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । जोशीलाई बुटवल ल्याए लगत्तै सरकारी वकिल कार्यालयमा हाजिर गराएको थियो । उनको सरकारी वकील कार्यालयमा बयान लिने कार्य हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले बताए । उनको बयान आज नसकिएकाले आज बुटवलको प्रहरी हिरासतमा राखेर बयान सकिएपछि पोखरा पठाइने उनले जानकारी दिए ।

उनीमाथि पनि विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप लागेको छ ।

सुुप्रिमको मुद्दा यसअघि नै अदालत पुगिसेकेको छ । सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको