१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देहीमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिन सुरु



बुटवल । सुप्रिम सहकारीको अपचलन मुद्दामा बयान लिन पोखराबाट रुपन्देही ल्याईएका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिन सुरु भएको छ । जिल्ला सरकारी कार्यालय भैरहवामा जोशीसँग बयान लिन सुरु भएको हो ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सोमबार जोशीलाई कास्कीबाट बुटवल ल्याइएको थियो ।

रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा केही बेर अघिदेखि बयान लिन सुरु भएको छ । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलालको पनि संलग्नता देखिएपछि जिल्ला प्रहरीले कार्यालय कास्कीले रुपन्देहीमा थप अनुसन्धान लागि बयान लिन पठाएको हो । सोमबार दिउँसो हवाईमार्गबाट रुपन्देही ल्याइएका जोशीलाई सकभर आज नभए भोलि पोखरा फिर्ता पठाउने योजना रहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलबाट चलेको मुद्दा भएकाले जोशीलाई बुटवल स्थित इप्रकाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ३८ बजे

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण