२ पुस २०८२, बुधबार | December 18, 2025

सहकारी ठगी प्रकरण : रुपन्देही ल्याइएका पूर्वडीआईजी जोशीसँग साढे ७ घण्टा बयान



बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेर बयानका लागि रुपन्देही ल्याइएका पूर्वडीआईजी छविलाल जोशीसँगको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा साढे ७ घण्टा लगाएर पूर्वडीआईजी जोशीसँग बयान लिइएको हो ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा जोशीसँग बयान लिएएको इलाका प्रहरी कायार्नलय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहितका प्रहरीहरुले बयान लिएका थिए ।

गोर्खा मिडिया नेटवर्कमा जीबी राई र रवि लामिछानेसँगै जोशी पनि साझेदार थिए । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन् । सुप्रिम सहकारीको रकम हिनामिनासम्बन्धी पूरक अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई पोखराबाट रुपन्देही ल्याइएको हो ।

जोशी गत असोज ६ गते पक्राउ परेका हुन् । उनी पोखरामा प्रहरी हिरासतमा थिए । उनलाई अदालतले कार्तिक ८ गतेसम्म अनुसन्धानका लागि थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

सहकारी अपचलनका विषयमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइरहँदा कार्यालयको बाहिर सहकारीपीडितहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्।

सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप उनीहरूले लगाएका छन्। जोशीलाई बयान सकिएसँगै इलाका प्रहरी कार्यालय बुटवलमा ल्याइएको छ । जोशीलाई आज बुटवल प्रहरीको हिरासतमा राखेर भोलि पुनः पोखरा पठाइने प्हरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : ०० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल