३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पोलियो विरुद्ध रोटरीको रुपन्देहीमा बृहत कार रयाली हुँदै



बुटवल । अन्तराष्ट्रिय पोलियो दिवसको अवसरमा बिहिबार रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल-भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुको आयोजनामा रुपन्देहीमा वृहत सचेतनामुलक ‘पोलियो अब अन्त्य गर’ ब्यानर, डिजिटल डिस्प्ले तथा कार रयाली गरिने भएको छ ।

रोटरी क्लब अफ बुटवलको सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरि डिष्ट्रिक पोलियो प्लस कमिटि चेयर ध्रुव धितालले पोलियो अभियानमा रोटरीको योगदानबारे प्रकाश पारे । नेपालको रिजन १,२ र ३ मा साईकल रयाली, रिजन ४ मा सडक नाटक तथा पाचमा कार रयाली, प्लेकार्ड र ब्यानर लगायतका सचेतनामुलक कार्यक्रम गर्न लागेको उनले बताए ।

रुपन्देहीका हाईवेमा रहेका फ्लाईओभरसहित विभिन्न स्थानमा ‘पोलियो अब अन्त्य गर’ को ब्यानर, प्लेकार्ड लगाउने कार्यक्रम रहेको उनले बताए । यसैगरि विभिन्न स्थानका डिजिटल बोर्डहरुमा साझ ६ बजे १८ र १४ सेकेण्डका सचेतनामुलक भिडियो प्रदर्शन गर्ने उनले बताए । विशेष गरि बुटवल, भैरहवा, सैनामैना लगायतका क्लबहरुको बुटवल गोलपार्क हुदै भैरहवासम्म कार रयालीमा सहभागीता रहने उनले बतए । पाल्पामा ३ वटा क्लबहरु र दाङमा समेत क्लबहरुबाट कार्यक्रम हुने उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले पोलियो सचेतना र उन्मुलनमा रोटरी ईन्टरनेश्नलको योगदानबाट सफलता मिलेको दाबी गर्दै केही देशहरुमा अझै पनि यसको समस्या रहेको हुदा पनि विश्वबाट नै उन्मुलनको अभियान अझै चलाउन जरुरी रहेको बताए । यस क्षेत्रमा जनस्वस्थ्यसंग समन्वय गरि भ्याक्सिनेसनको अभियान समेत चलाउने तयारी रहेको उनले बताए ।

कार्यक्रममा रिजन पाचका पोलियो प्लस कमिटि चेयर जितेन्द्र शर्मा, रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पंन्थी, रोटरी क्लब अफ मेडिको फ्युजन ई हाईब्रिडका अध्यक्ष डा.विक्रम काफ्लेले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण र सरसफाईको क्षेत्रमा समुदायस्तरमा रोटरी क्लबबाट निरन्तर कार्यक्रमहरु हुने गरेको बताए । रोटरी हाल २०८ देशमा १२ लाख सदस्यहरु आवद्ध रहेको सामाजिक संस्था समेत रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : १२ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन