२९ मंसिर २०८२, सोमबार | December 15, 2025

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग भिडने



काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६-० को जित निकालेसँगै नेपाल समूह विजेताको रुपमा साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाललाई समूह विजेता बन्न आज ६-० को जित आवश्यक थियो । इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गरेसँगै नेपालले ६-० को जित निकालेको हो ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन् । सविता रानामगर, सावित्रा भण्डारी (साम्बा), अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल थपे । नेपालले खेलको पहिलो हाफमा चार गोल र दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको पहिलो मिनेटबाटै आक्रमण बुनेको नेपाललाई आठौँ मिनेटमा सविताले अग्रता दिलाइन् । सावित्राले राइट साइडबाट दुई श्रीलंकन रक्षकलाई बिट गर्दै निकालेको क्रसमा सविताले ‘फस्र्ट टच’ गोल गरिन् । सावित्रालाई मध्यभागबाट सरु लिम्बुले पास मिलाएकी थिइन् । १२ औँ मिनेटमा सावित्राले नै नेपालको अग्रता दोब्बर बनाइन् । सावित्राले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा उत्कृष्ट गोल भएको थियो । त्यसको अर्को मिनेटमै नेपालले तेस्रो गोल गर्यो । नेपालकी रेखाले खेलको गोल गर्दै घरेलु समर्थकमाझ अग्रतालाई ३-० मा राखेकी हुन् । लेफ्ट साइडबाट अमिषा कार्कीले निकालेको क्रसलाई रेखाले भली प्रहार गर्दै जाली चुमाइन् ।

३६ औँ मिनेटमा रेखाले नेपालको तर्फबाट चौथो गोल गरिन् । बक्सबाहिरबाट सावित्राले गरेको प्रहार ६ यार्ड बक्समा रहेकी रेखालाई ‘डिफ्लेक्ट’ हुँदै गोल भएको हो ।

दोस्रो हाफको सुरुआतमै अमिषाले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाइन् । सविताले निकालेको क्रसमा अमिषाले हेडर गोल गरेकी हुन् । यस्तै, इन्जुरी समयमा रश्मीले हेडर गोल गर्दै नेपालको ६-० को जित पक्का गरिन् । अनिता बस्नेतको कर्नरमा रश्मीले हेडर गोल गरेकी हुन् ।

प्रतियोगिताको समूह विजेता बन्न नेपाललाई आज ६ गोलअन्तरको जित आवश्यक थियो । आवश्यकताअनुसारको जित निकालेसँगै नेपालले गोलआधारमा भुटानलाई पछि पारेर समूह विजेता बनेको हो । समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट ७ अंक जोडेको छ । दोस्रो स्थानको भुटानले पनि सातै अंक जोडेको छ । तर, भुटान गोलआधारमा पछि परेको हो । श्रीलंका तीन अंक जोड्दै तालिकाको तेस्रो स्थान रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । यो खेल आगामी आइतबार हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : ४६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले