२६ असार २०८२, बिहिबार | July 10, 2025

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबर



काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ फाइनलको पहिलो हाफमा घरेलु टिम नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन । नेपाली रक्षक गीता राना डिफेन्ड प्रहारमा चिप्लिदा उनको प्रहार सटिक हुन सकेको थिएन । सोही बललाई नियन्त्रणमा लिँदै बंगलादेशी कप्तान सविना खातुनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा सविनाले पुनः हेडर गरे पनि त्यसलाई नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले सहजै नियन्त्रणमा लिँदै खतरा टारिन् ।

१० औँ मिनेटमा नेपालले गोलको अवसर सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले लेफ्ट साइडबाट निकालेको पासलाई नियन्त्रणमा लिँदै १८ यार्ड बक्सबाहिरबाट अमिषा कार्कीले सुन्दर प्रहार गरे पनि बारमा लागेर फर्किँदा नेपालले अग्रता बनाउन सकेन ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो पटक र बंगलादेश लगातार दोस्रो पटक फाइनल प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ३० बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा