२९ माघ २०८२, बिहिबार | February 12, 2026

बझाङमा जिप दुर्घटना, चार जना घाइते



बझाङ । बझाङमा सोमबार बिहान भएको जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

तलकोटबाट सदरमुकामतर्फ गइहेको बा १८ च ५१४९ नम्बरको जिप जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्‌यङ्की नजिक जिप दुर्घटना भएको हो । सात जना यात्रु सवार जिपको ब्रेक फेल भएपछि दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइने हुनेहरुमा तलकोट गाउँपालिका–१ बस्ने ५६ वर्षीय बिरबहादुर बम्म, ४५ वर्षीया धनलक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका– ११ बस्ने २५ वर्षीया विद्या बोहरा र १७ वर्षका शंकर धामी रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

जीप चालक नवीन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ३८ बजे

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड

टी-२० विश्वकप : इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका