२७ असार २०८३, शनिबार | July 11, 2026

बझाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु



बझाङ । गएराति बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार तलकोटबाट चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

शुक्रबार राति करिब साढे आठ बजेतिर तलकोट गाउँपालिका-२, सुकगाड दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लानेक्रममा मृत्यु भएको उनको भनाइ छ ।

दुर्घटनामा जीपका चालक केदारस्युँ गाउँपालिका-१ का ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका-४ का ७२ वर्षीया जोगेनीदेवी धामी र पाँच वर्षीया बालिका आकृती धामीको मृत्यु भएको छ । सूचना अधिकारी ठगुन्नाका अनुसार तीन यात्रुको घटनास्थलमै र आकृतिको उपचारका लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो । आकृति बमबहादुर धामीकी छोरी हुन् ।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ५८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका