१० माघ २०८२, शनिबार | January 24, 2026

प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एमाले निकट महासङ्घका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो ।

महासङ्घले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या तथा समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ । सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारलले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको र उद्योगी व्यवसायीले उत्पादन तथा उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । उनले सङ्गठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने सुझाव दिए ।

सो क्रममा एमालेका जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाल, सहइञ्चार्ज रचना खड्का, प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ३८ बजे

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई

दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित