१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेपाल संवत् आयातित हैन, नेपाली माटोको संवत् हो : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् ।

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले नेपाल संवत् कुनै आयातित संवत् नभएकोले सबैले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल संवत्को ११४५ औँ वर्ष हो । यो हाम्रो आफ्नो संवत् हो । आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरूबाट उब्जिएको संवत् हो । यो हाम्रो आफ्नै संवत् हो । हाम्रो आफ्नै भाषा,आफ्नै सभ्यता, आफ्नै संस्कृति, नेपाल भाषा, खास गरी उपत्यकाको नेवार सभ्यता र यहाँको संस्कृति दुनियाँका लागि असाधारण र अनुपम छ ।’

प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने बताए ।

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : २२ बजे

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त