१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बुटवलमा मनाइयो ‘न्हुँ दयाः भिन्तुना’ (फोटोफिचर)



बुटवल । बुटवलमा नेपाल संवतको सुरुवातलाई शुभकामना आदानप्रदान सहित बिबिध कार्यक्रम गरि मनाईएको छ । नेवाः देय दबु र नेवाः मिसा दबु नगर समितिको आयोजनामा ११ वटा खलपुचहरुको सहभागितामा रयाली, सम्मान तथा शुभकामना कार्यक्रम गरि नेपाल संवतको पहिलो दिनको स्वागत गरिएको हो ।

श्री नेवा सेवा समिति बुटवलको सचिवालयबाट शुरु भएको लाखे, कुमारी, धिमे बाजा सहितको झाँकी सहतिको र्यालीले बुटवलको बिभिन्न टोलहरुको परिक्रमा गरि नेवाः छेँमा पुगेर समापन भएको थियो ।

समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका पुर्व स्वस्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले नेपाल संवत सम्पुर्ण नेपालीहरुको पर्व भएको बताए । नेपालको संविधानमा नै बहुजाती, बहुभाषा र बहुलिपि भएको देशका रुपमा परिचय भएको उल्लेख गर्दै उनले नेवार समुदाय देशकै ऐतिहासिक महत्व बोकेको जातीमा लिईने स्पष्ट पारे । प्रशासनिक सम्वतका रुपमा बिक्रम सम्वत भएपनि राष्ट्रिय सम्वत भने नेपाल सम्वत भएको उनले बताए । आगामी दिनमा कार्यक्रम गर्दा युवा पुस्तामा सन्देश जाने गरि कार्यक्रम बनाउन उनले आयोजकलाई सुझाव दिए ।

कार्यक्रममा नेवा संरक्षण समाज देविनगरका अध्यक्ष लक्ष्मण श्रेष्ठले नेपालकै पुरानो सम्वत भएपनि चलनचल्तीमा नहुदा गुमनाम भएको भन्दै यसको पहिचान हुने गरि अघि बढ्न जरुरी रहेको बताए । हाम्रा पुर्खाहरु बैज्ञानिक भएको भन्दै उनले त्यो बेला चलाएका धेरै चलन मानव हितमा रहेको उनले दाबी गरे ।

कार्यक्रममा समितिका अध्यक्ष गोपाल श्रेष्ठले बुटवलमा छरिएर रहेका नेवार समुदायहरु विभिन्न गुठी, खल, पुचहरु गठन गरि आफनो संस्कृति जर्गेनामा गोलबद्ध हुनु सकारात्मक भएको बताए । यसवर्ष नगरभित्रका ११ वटा खलपुचहरुको संयुक्त रयालीसहित रचनात्मक कार्यक्रम गरि मनाउने प्रचलनको शुरुवात गरेको उनले बताए ।

काठमाडौं बाहिर पहिलोपटक नेपाल सम्वतको क्यालेन्डर बिमोचन गरिनुका साथै बुटवलमा रहेर नेवार समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा देय दबुको संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेवा देय दबु लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम श्रेष्ठ, नेवा देय दबु रुपन्देही जिल्ला अध्यक्ष रुद्र श्रेष्ठ, भिमसेन समाजका अध्यक्ष सहदेव श्रेष्ठ, समितिका सचिव भुमलाल श्रेष्ठ, नेवा सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले एकतावद्ध भएर भाषा, संस्कृति संरक्षण गर्ने अभियानलाई जोड्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्धो नेवा समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवा समाज १ र २, नेवा समाज अर्घाखाँची रुपन्देही सहित खलपुचहरु सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  २ : १६ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता