१ पुस २०८२, मंगलबार | December 17, 2025

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी : सभापति देउवा



भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी रहेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेस लाग्ने र सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राम्रा काम गर्दै जाने बिश्वास ब्यक्त गरे । उनले कांग्रेस सरकारमा भएकाले मात्र राम्रो काम भएको नभई प्रधानमन्त्री ओलीले साँचै राम्रो काम गरेको बताए ।

सभापति देउवाले आलोचनालाई आफुले खराब नमानेको बताउँदै आलोचनालाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने जनाए । सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापूर सहयोग रहने उनले बताए । विपक्षीबाट आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने देउवाको भनाई छ ।

तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गरे ।

उनले नेमकिपाका नेता नारायणमान बिजुक्छें प्रति लक्षित गर्दै भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्ने सोँच त्याग्न बिजुक्छेंलाई सुझाए । ‘भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको पनि दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नुभएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइदैन ।’ देउवाले भने ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : ४१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष