३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेपाल संवतको पहिलो दिन तिलोत्तमामा मोटरसाइकल र्याली



बुटवल । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा रुपन्देहीको तिलोत्तमामा भिन्तुना र्याली निकालिएको छ । नेवाः दय दबु तिलोत्तमा नगर समितिको आयोजनामा न्हू दयाः भिन्तुना र्याली निकालिएको हो ।

तिलोत्तमानगरपालिकास्थित ४ नम्बर समितिको कार्यालय परिसरबाट शुभारम्भ भएको र्याली मणिग्राम चोक, १० नम्बर चोक, योगिकुटी हुदै पुनः कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

भिन्तुना कार्यक्रमको एक समारोहका बीच पूर्व प्रमुख जिल्ला अधिकारी शेखर प्रधानले शंखध्वर साख्वाको तस्विरमा टीका र माल्यार्पण गरि शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै उनले भाषा, संस्कृतिको संरक्षणमा नेवा समुदायको अभियान महत्वपुर्ण भएको भन्दै यसमा सरकारबाट पर्याप्त सहयोग जरुरी रहने बताए ।

कार्यक्रममा बोल्दै नेवाः दयदबुका तिलोत्तमा नगर अध्यक्ष विष्णु बहादुर श्रेष्ठले संस्कृतिमा नेवार समुदाय धनि जाती भएको भन्दै नया पुस्तालाई भाषा र संस्कृति सिकाउने गरि आगामी दिनमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तिलोत्तमा नगरका विभिन्न खलपुचका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको समितिका सचिव तथा कार्यक्रम संयोजक दिपेश कुमार अमात्यले बताए ।

कार्यक्रमका सह संयोजक दिनेश कक्षपतिले तिलोत्तमा नगरमा नेवाः समुदायबाट पहिलो पटक सचेतनामुलक मोटरसाईकल र्याली निकालिएको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : २० बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै