६ पुस २०८२, आइतबार | December 21, 2025

रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत लगियो, बहस जारी



पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई तेस्रो पटक अदालतमा म्याद थपका लागि उपस्थित गराएको छ । रवि सहित आज सोही प्रकरणको मुद्दामा हिरासतमा रहेका चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको हो ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ ।

अदालतबाट रविलाई रिहा गर्ने आदेश आएमा बुटवलमा चलेको सुप्रिम सहकारीको मुद्दामा पुनः पक्राउ गरेर रुपन्देही ल्याउने प्रहरीको तयारी रहेको प्रहरीको उच्च स्रोतको दाबी छ । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । लामिछानेलाई कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दामा प्रहरीले अनुसनधान गरिरहेको छ ।

रास्वपाले भने राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : ०४ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको