६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवल-पाल्पा सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । आज दिउँसो सो सडकको तानसेन-८ गौडे भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घटनाबाट तानसेन-७ प्रभासकी २७ वर्षिया साबित्रा थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेमा बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडक देखि अन्दाजी ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार चालक तानसेन-७ प्रभासका ४३ वर्षिय ईन्द्र बहादुर गाहा र मोटरसाईकल पछाडि सवार साबित्रा थापा घाईते भएकोमा सावित्रा थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको प्रहरीले उद्दारगरि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएकोमा थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिए ।

उक्त सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारीरहेको उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : २६ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल