७ पुस २०८२, सोमबार | December 22, 2025

अन्तर्राष्ट्रिय योग गुरुसँग रोटरी चौतारीको ध्यान शिविर



बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा अन्तर्राष्ट्रिय योग गुरुको साथमा ध्यान शिविर सम्पन्न भएको छ । पथिक फाउण्डेशन शंकरनगरमा अन्तर्राष्ट्रिय योग गुरु आनन्दद्वारा ध्यान शिविरमा योग तथा मेडिटेशन गराइएको थियो ।

उक्त ध्यान शिविरमा रोटरी क्लव अफ बुटवल चौतारीका सम्पूर्ण सदस्य रोटरीयनहरु परिवारसहित उपलस्थित भएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय योग गुरु आनन्दले मेडिटेशनले आफ्नो शरीर, मन र यसमा उत्पन्न हुने सबैखाले तरंग र भावनाप्रति सजग रहन सिकाउने बताए । ध्यान विधिले जीवन जिउने कला सिकाउने भन्दै उनले यसको महत्व अन्तर्राष्ट्रिय जगतले बुझिसकेको बताए ।

कार्यक्रममा उपस्थित रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पुर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले ध्यान शिविरमा मानिसमा सकारात्मक सोंचको विकास गर्ने भन्दै यस्ता खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन रोटरी क्लव अफ बुटवल चौतारीलाई आग्रह गरे ।

क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले अन्तर्राष्ट्रिय गुरुसँगको ध्यान शिविर निकै फलदायी रहेको बताए । उनले आगामी दिनमा पनि क्लवले यस्ता खालका कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ४४ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले