३ चैत्र २०८२, मंगलबार | March 17, 2026

अन्तर्राष्ट्रिय योग गुरुसँग रोटरी चौतारीको ध्यान शिविर



बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा अन्तर्राष्ट्रिय योग गुरुको साथमा ध्यान शिविर सम्पन्न भएको छ । पथिक फाउण्डेशन शंकरनगरमा अन्तर्राष्ट्रिय योग गुरु आनन्दद्वारा ध्यान शिविरमा योग तथा मेडिटेशन गराइएको थियो ।

उक्त ध्यान शिविरमा रोटरी क्लव अफ बुटवल चौतारीका सम्पूर्ण सदस्य रोटरीयनहरु परिवारसहित उपलस्थित भएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय योग गुरु आनन्दले मेडिटेशनले आफ्नो शरीर, मन र यसमा उत्पन्न हुने सबैखाले तरंग र भावनाप्रति सजग रहन सिकाउने बताए । ध्यान विधिले जीवन जिउने कला सिकाउने भन्दै उनले यसको महत्व अन्तर्राष्ट्रिय जगतले बुझिसकेको बताए ।

कार्यक्रममा उपस्थित रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पुर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले ध्यान शिविरमा मानिसमा सकारात्मक सोंचको विकास गर्ने भन्दै यस्ता खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन रोटरी क्लव अफ बुटवल चौतारीलाई आग्रह गरे ।

क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले अन्तर्राष्ट्रिय गुरुसँगको ध्यान शिविर निकै फलदायी रहेको बताए । उनले आगामी दिनमा पनि क्लवले यस्ता खालका कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ४४ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै