२५ चैत्र २०८२, बुधबार | April 8, 2026

काठमाडौंमा गुञ्जिँदै ‘कन्दरा’



काठमाडौं । पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले नेपालबाट भ्रमणको सुरुआत गर्दैछ ।

आफ्नो ३२ वर्षको साङ्गीतिक यात्रामा पहिलोपटक काठमाडौंमा गुञ्जिँदै ‘पहिले घरदेश, अनि परदेश’ अभियान सुरू गरिने ‘कन्दरा ब्याण्ड’ का गायक ९भोकलिस्ट० विवेक श्रेष्ठले जानकारी दिए ।

उनले भने, “हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर विश्वभर प्रस्तुति (कन्सर्ट) दिए तापनि काठमाडौंमा पहिलोपटक गुञ्जिँदै छौँ । हामीले यहाँ एउटा पनि कार्यक्रम गरेका थिएनौँ, हामी आफैँ अच्मित छौँ । त्यसकारण यो विश्व भ्रमणको सुरुआत काठमाडौंबाट गर्ने भएका छौँ, यो प्रस्तुति अविष्मरणीय बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”

कन्दराले कात्तिक शनिबार ठमेलस्थित एक क्लबमा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदैछ । त्यसपश्चात् चितवन, बुटवल र नेपालगञ्जमा दिने तय भएको गायक श्रेष्ठले जानकारी दिए । नेपालपछि आउँदो वर्ष सन् २०२५ मा प्रस्तुतिका लागि विश्व भ्रमणमा निस्किने छ । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा, ‘लिड गितार’मा देव लामा छन ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १२ : ०९ बजे

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक

गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली । जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा,

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको